बोरिङ खन्ने क्रममा काठमाडौंको कागेश्वरी मनोहरामा ग्यास निस्कियो

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ।बुधबार कागेश्वरी मनोहरा ९ को सुन्दर चोकस्थित तरकारी बजारनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।

सम्बन्धित सामग्री

काठमाडौंको काँडाघारीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो (तस्बिरहरु)

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ । काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको स्थानीयले बताएका छन् । ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेपछि ग्यास निस्किएको ठाउँमा बोरिङ कार्य रोकिएको छ । सो ग्यासको वैज्ञानिक परीक्षण हुन बाँकी छ ।स्थानीयले महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई खबर गरेका छन् । वैज्ञानिक जाँचका लागि प्रहरीले खानी तथा भूग