सार्वजनिक गाडीमा आजदेखि जोर-बिजोर प्रणाली हट्यो : ट्याक्सी र निजीमा भने कायमै

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा आजदेखि सार्वजनिक गाडीमा जोर-बिजोर नियम हटेको छ । गएको माघ ७ गतेदेखि काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली लागू गरिएको थियो । हिजो काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले ट्याक्सी र निजी गाडीमा जोर-बिजोर यथावत् राख्दै सार्वजनिक गाडीमा हटाउने निर्णय गरेको हो । गएराति १२ बजेदेखि लागू हुनेगरी नयाँ निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो । यसअघि हिजो बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्...

सम्बन्धित सामग्री

प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीमा कृत्रिम वर्षा गराउनेसम्मको तयारी

काठमाण्डौ – भारतको राजधानी नयाँ दिल्लीमा विगत केही दिनदेखि प्रदूषणको स्तरले खतराको तह पार गरेपछि दिल्ली सरकारले विभिन्न उपाय लागू गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गाडीमा जोर बिजोर प्रणाली ठीक भएको समीक्षा गरेकाले दिल्लीमा अब जोर बिजोर लागू हुनेछ । यस्तै, वायु प्रदूषणसँग जुध्न यही नोभेम्बरको २० तारिखदेखि क्लाउड सिडिङमार्फत् कृत्रिम वर्षा गराउने योजना रहेको छ ।  दिल्लीका वातावरण मन्त्री गोपाल राईका अनुसार यातायात विभागलाई एपमा आधारित ट्याक्सी अर्थात् ओला–उबेरलाई ‘सर्वोच्च अदालतको आदेश अनुसार&...

काठमाण्डौमा जोर–बिजोरको नियम हट्यो

काठमाण्डाै - कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाण्डौ उपत्यकामा निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । हिजो बसेको काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा जोर-बिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक बसमा जोर-बिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र कायम राखिएको थियो । यस्तै शिक्षण संस्था पनि फागुन १ गतेदेखि खुल्ने भएका छन् । १२...

काठमाडौं उपत्यकामा सोमबारबाट जोर-बिजोर हट्ने

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आइतबर राति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम जोर–बिजोर प्रणाली हटाएको हो । साथै बैठकले फागुन १ गनेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको […]

जोर बिजोर प्रणाली हट्यो !

काठमाडौँ उपत्यकामा ट्याक्सी र निजी सवारीमा कायम रहेको जोर बिजोर प्रणाली हट्ने भएको छ । कोरोना संक्रमण दर घट्दै गएपछि उपत्यकामा जोर बिजोर प्रणाली हट्ने भएको हो । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आजको बैठकपछि उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर भोलीबाट लागू हुने गरी नयाँ आदेश जारी गर्दैछन् ।काठमाडौँ उपत्यकाका ३ जिल्लाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा अहिलेसम्मको निर्देशन कार्यान्वयनको समीक्षा पनि हुने बताईएको छ । सीसीएमसीको आजको बैठकले  यातायातमा लगाइएको जोरबिजोर हटाउने र अन्य कतिपय क्षेत्रमा लगाइएको प्रतिबन्ध पनि खुकुलो पार्दै लैजाने निर्णय गरेको छ । विद्यालय भने माघ महिनाभर बन्द नै गरिनेछ ।

सार्वजनिक यातायातमा जोर–बिजोर हट्यो : ट्याक्सी र निजी सवारीसाधनमा कायमै

उपत्यकामा एक सातादेखि यातायातमा लागू जोर–बिजोर प्रणाली संशोधनसहित खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको संयुक्त बैठकले सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाएको छ । यससँगै अब बस, माइक्रोबस र टेम्पो...

ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं, माघ १४ । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ । […]

निजी र ट्याक्सी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले ट्याक्सीबाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेको भन्दै जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् ।प्रवक्ता नेपालले भनिन् :‘सबै जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रिपरिषदमा सिफारिस गरेका

ट्याक्सी र निजीबाहेकका सवारीमा जोर बिजोर हटाउन सिफारिस

१४ माघ, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ । निजी […]

उपत्यकामा जोर–बिजोर प्रणालीबाट ट्याक्सी चल्न दिने निर्णय

काठमाडौं उपत्यकामा ट्याक्सी चल्न दिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार ८ बाट लागु हुनेगरी ट्याक्सी चल्न दिने निर्णय गरेका हुन् । निजी सवारी साधनमा जस्तै ट्याक्सी पनि जोर, बिजोर प्रणाली लागू हुनेछ । जोर दिनमा जोर नम्बर र बिजोर दिनमा बिजोर नम्बरको ट्याक्सी चल्न दिने निर्णय...

ट्याक्सी सञ्चालन गर्न माग

उपत्यकाका ट्याक्सी व्यसायीले बन्दाबन्दीमा ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै सडकमा ट्याक्सी निकालेका छन् । व्यवसायीले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरिएको भन्दै मङ्गलवार ट्याक्सी लिएर सडकमा आएका हुन् । तीन महिनाभन्दा बढी बन्दाबन्दी हुँदा बैङ्क किस्ता र खान बस्नसमेत समस्या हुन थालेको भन्दै आफूहरूले काम गर्न पाउनुपर्ने उनीहरूको माग छ । कारोनो भाइरसबाट जोगिएर सावधानीपूर्वक आफूहरूले व्यवसाय गर्न पाउनुपर्ने उपत्यका ट्याक्सी स्वरोजगार सङ्घले जनाएको छ । सरकारले जोर–बिजोर प्रणाली अनुसार नै सञ्चालन गर्न दिए पनि आफूलाई राहत हुने सङ्घले ट्याक्सी व्यवसायी विनोद थापाले बताउनुभयो