काठमाडौं ३ का माओवादी उम्मेदवार बजगाईं भन्छन्– अब कांग्रेसलाई सघाउँछु

नेकपा माओवादी केन्द्रबाट काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका बद्रीप्रसाद बजगाईले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पार्टीको निर्णय बमोजिम आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका उम्मेदवार सन्तोष चालिसेलाई सघाउने बताए । बुधबार पार्टी कोषाध्यक्ष श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै बजगाईलाई निष्क्रिय बसेर कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । पार्टीको निर्णयलाई स्वीकार गर्दै बजगाईले कांग्रेस उम्मेदवार चालिसेलाई सघाउन सहमत भएका हुन् । ‘पार्टीको निर्णयलाई सम