नवनिर्वाचित मेयर बालेनको उद्घोष : काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउँछु

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा नवनिर्विचित भएपछि बालेन्द्र साह ‘बालेन’ मतदातालाई धन्यवाद दिन र्‍यालीसहित निस्किए। राष्ट्रिय सभागृहबाट बालेनको टोली भद्रकाली त्रिपुरेश्वर हुँदै काठमाडौंका मतदातालाई धन्यवाद दिन निस्किएका थिए। बालेनसँग आँखीझ्याल चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमि पनि सहभागी थिए। धन्यवाद र्‍याली थापाथली माइतीघर, बबरमहल, बिजुलीबजार, युएन पार्क…

सम्बन्धित सामग्री

चिरिबाबुले नाक काट्ने प्रसंग निकालेपछि.....

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसंग झिकेपछि पार्टीभित्रको घात अन्तर्घातको आरोप प्रत्यारोपसँगै बिबाद सतहमा देखिएको छ । नवनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचन टिकट पाउने सन्दर्भमा पार्टीभित्रबाटै टिकट ल्याएर देखाए आफूले नाक काट्ने उद्घोष गरेको खुलासा गरे । उनले भने, ‘फेरि आफूले टिकट पाएपछि पार्टीका साथी जितेको खण्डमा नाक काट्ने भन्दै हिँडेका थिए । अहिले कसरी सास फेर्लान् । सिँगान कसरी पुछ्लान् ।’उनले

चिरिबाबुले नाक काट्ने प्रसङ्ग निकालेपछि नेताहरुको जवाफ

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसङ्ग झिकेपछि पार्टीभित्रको घात–अन्तर्घातको आरोप प्रत्यारोपसँगै विवाद सतहमा देखिएको छ । नवनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचनमा टिकट पाउने सन्दर्भमा पार्टीभित्रबाटै टिकट ल्याएर देखाए आफूले नाक काट्ने उद्घोष गरेको खुलासा गरे । उनले भने, ‘फेरि आफूले टिकट पाएपछि पार्टीका साथी जितेको खण्डमा […]

विराटनगरको बृहत्तर विकासका लागि संगठनको सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले बृहत्तर विकासलाई ध्यानमा राखेर तत्कालीन र मध्यकालीन रूपमा गर्नुपर्ने कामबारे सुझाव दिएको छ । नवनिर्वाचित मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई संगठनको सचिवालयमा स्वागत तथा बधाई ज्ञापन गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत विभिन्न कार्य अघि बढाउन सुझाएका हुन् । संगठनले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सडक, खानेपानी, फोहोर व्यवस्थापन, बाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुनेगरी सुधारका काम गर्न सुझाव दिए । अध्यक्ष प्याकुरेलले अवैज्ञानिक तवरले सडक, नाला लगायत पूर्वाधार निर्माण भएकाले सानोतिनो वर्षामा समेत विराटनगर डुबानमा पर्दै आएको बताए । महानगरपालिकाको पूर्वाधार विकास गर्दा विज्ञहरूको सुझाव लिई दीर्घकालीन सोचका साथ काम गर्न उनले अनुरोध गरे । महानगरको मध्यकालीन योजना अन्तर्गत विराटनगरमा स्थायी किसिमको औद्योगिक प्रदर्शनीस्थलको आवश्यकता रहेकाले संघ र प्रदेश सरकारको सहयोग लिएर निर्माणको अगुवाइ लिन अध्यक्ष प्याकुरेलले आग्रह गरे । रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योगहरू पुन: सञ्चालनमा ल्याए रोजगारीका अवसर सृजना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनले बताए । एकीकृत कर प्रणालीको व्यवस्था, महिला उद्यमीद्वारा उत्पादित वस्तुको विक्रीवितरणका कक्ष निर्माण, स्टार्टअपहरूको प्रवर्द्धनका माध्यमबाट युवाको उद्यमशीलता विकासमा सघाउने कार्यक्रम ल्याउन समेत उनले अनुरोध गरे । नवनिर्वाचित मेयर कोइरालाले औद्योगिक नगरका रूपमा परिचित विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण आफ्नो प्राथमिकतामा पर्ने भएकाले आफ्नो कार्यकालमा जसरी पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग नयाँ योजनासहित सञ्चालनमा ल्याउन आफू लागिपर्ने उनले उद्घोष गरे । साथै करका दर घटाउँदै दायरा फराकिलो पार्ने कार्ययोजना रहेको उनले बताए ।