मनसुनी वायुको प्रभाव : देशभर वर्षाको सम्भावना

भदौ २३, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधवार देशभर सामान्य बदली रही तीन ओटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।  न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक रहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।  विभागका अनुसार बिहीवारदेखि उक्त न्यून चापीय रेखा औसत स्थानभन्दा तल सर्ने सम्भावना रहेकाले भारी वर्षा हुने छैन । ‘मनसुनको समय अझै बाँकी नै रहेकाले बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायम रहनेछ’, मौसमविद् प्रतिभा मान्नधरले भने ।  हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।  राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।  त्यस्तै, बुधवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ । रासस

सम्बन्धित सामग्री

आज देशभर वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बागमती प्रदेश र […]

आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौँ – आज देशका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ । दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएको छ । शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी […]

आगामी तीन दिन देशभर वर्षाको सम्भावना, कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौँ – आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ […]

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ,५ साउन । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले […]

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको सुझाव

काठमाडौं :बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ।जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले आगामी २४ घण्टा देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना त

आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौँ – आज (बिहीबार) बिहान देशका धेरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । राति भारी वर्षा केही कम हुने आकलन गरिएको छ । यद्यपि, […]

आज देशभर वर्षाको सम्भावना

काठमाडौं : प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।महाशाखाले दिउँसो प्रदेश १ का एक\दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ। मधेश, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।आज केही  नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

‘गुलाब’ चक्रवातको असरले देशभर वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा बिकसित ‘गुलाब’ चक्रवातको असरले आज मुलुकभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गुलाब चक्रावतको नेपालमा खासै असर नपरे पनि मौसममा बदली र देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८ गते बंगालको खाडीबाट विकसित भएको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात  असोज १० […]

आज देशभर वर्षाको सम्भावना

काठमाडौं : मनसुनी न्यून चापीय क्षेत्रको असरको कारण बुधबार देशभरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसमविद् मन्जु बासीका अनुसार काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि पानी परिरहेको छ। उपत्यकामा दिउँसैसम्म पानी पर्ने उनले बताइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधबार दिउँसो देशका अधिकांश स्थानको मौसम पूर्ण बदली भई हल्कादेखि मध्ययम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले जनाइन्। ब

आज देशभर वर्षाको सम्भावना

काठमाडौं, असार २५ । आज देशका विभिन्न स्थानमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा […]