बुवा, छोरा र ज्वाइँ मिलेर गरेको सामूहिक बलात्कारका १ आरोपी पक्राउ

बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपितमध्ये बिहीवार एक अभियुक्त पक्राउ परेका छन् । सामूहिक बलात्कारको घटनाका ४ आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फैसला कार्यान्वयनलाई अभियानका रूपमा लिएको प्रहरीले खोजतलाश गर्ने क्रममा बिहीवार घरबाटै मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्लामा पहिलो पटक बुवा, छोरा र ज्वाइँसमेत संलग्न सामूहिक बलात्कारको ...