गठबन्धनमा भोलिसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा भोलि दिउँसोसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले कार्यदल तहमा छलफल जारी भएकाले भोलि दिउँसोसम्म सिट बाँडफाँट सकिने बताएका हुन् । ‘निर्वाचन मिति नजिकिँदै छ । गठबन्धनभित्र गम्भीर छलफल भइराखेको छ । सहमति र तालमेलको कुरा अघि बढिराखेको छ । मैले र वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी का