दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने

दसैं पर्वलाई लक्षित गरी यस वर्ष बैंक तथा वित्तीय संघ संस्थाहरुले नयाँ नोट वितरण गर्ने भएका छन् ।यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दसैंको अवसरमा पोखराबाट पनि नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए ।“यस वर्ष हामी यस क्षेत्रका उपभोक्तालाई पर्व लक्षित गरी नयाँ नोट वितरण गर्नेछौं” उनले […]

सम्बन्धित सामग्री

२२९ बैंक तथा वित्तीय संस्था मर्जरमा

नेपाल राष्ट्र बैंकले २०७८ सालको असार मसान्तसम्ममा २२९ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा गएको बताएको छ । केन्द्रीय बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले गाभ्ने/गाभिने नीति ल्याएपछि उक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभिएका हुन् ।यसैगरी, २०७८ सालको असार मसान्तसम्ममा देशका कुल ७५३ वटा स्थानीय तहमध्ये ७५० वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेका छन् । ती स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैंकको शाखा खुलेको राष्ट्र बैंकले जानकारी दिएको छ ।हालसम्म जाजरकोटको ज

बैंक तथा वित्तीय संस्थासँग मिलेर काम गर्छौँ : अर्थमन्त्री

उद्यमशीलताको विकास, उत्पादन तथा रोजगार प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस क्षेत्रको माग सम्बोधन गर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्रीले परिसङ्घका तर्फबाट प्रस्तुत गरेका रायसुझाव समय सान्दर्भिक एवं सकारात्मक रहेको भन्दै विस्तृत अध्ययन तथा छलफल गरेर कार्यान्वयनमा ल्याउने बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत रकमलाई उच्चतम उपयोग गर्नका लागि परिसङ्घसँग सहकार्य गर्न अर्थ मन्त्रालय सकारात्मक रहेको मन्त्री श...

बढ्दै मर्जर – २२० बैंक तथा वित्तीय संस्था आपसमा गाभिए

काठमाडौं। नेपाल राष्ट्र बैंकले हालसम्म २२० वटा बैंक तथा वित्तिय संस्था मर्जर/प्राप्ति भएको जानकारी दिएको छ। राष्ट्र बैंकले वि.सं. २०७८ सालको जेठ मसान्तसम्ममा ती संस्था आपसमा गाभिएका बताएको छ। राष्ट्र बैंकले लिएको बैंक तथा वित्तिय संस्थाको संख्या घटाउने नीतिअनुसार धेरै वटा बैंकहरु मर्जर प्रक्रियामा गएका हुन्। मर्जर प्रक्रियामा नजाने बैंकहरुले प्राप्तिको नीति लिएका छन्।

घट्यो बैंक तथा वित्तीय संस्थाको संख्या

काठमाडौं। नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाको संख्या क्रमशः घट्दै गएको छ। विसं. २०७६ असार मसान्तमा १७१ रहेको बैंक तथा वित्तीय संस्थाको संख्या २०७७ सालको असार मसान्तसम्म घटेर १५५ रहेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा संस्थाहरूको संख्या १३८ वटा मात्रै रहेको देखिएको छ। बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीति अनुसार नै संख्या घटेको हो।

अबदेखि बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने

काठमाडौं, १२ जेठ । अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको […]

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ

काठमाडौँ, १० जेठ: यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको र भिडभाड […]

बैंक तथा वित्तीय संस्था बन्द

फुङ्लिङ । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररुपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो । फुङ्लिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुका कार्यालयहरु सञ्चालन हुँदै आएपछि […]

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था

बागलुङ। कोरोनाको दोस्रो लहरमा बागलुङका बैंक तथा वित्तीय संस्थाले आलोपालो सेवा दिने भएका छन्। आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आलोपालो सेवा दिने भएका हुन्। सातामा तीन दिन नेपाल बैंक र अन्य बैंक सातामा दुई दिने खुल्नेछन्। बागलुङमा २८ वटै वाणिज्य बैंकका शाखा कार्यालय छन्।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुलै रहने

काठमाडौं। यही १६ गतेदेखि लागू निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुलै रहने भएका छन्। काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्था बन्द हुने छैनन्। प्रशासनले बैंकले जारी गरेको परिचयपत्रका आधारमा निषेधाज्ञाको समयमा आवतजावत गर्न मिल्ने बताएको छ। यसैगरी, सरकारी कर्मचारी पनि परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला

काठमाडौं : आज सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै आज पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका हुन्।यस्तै‚ आइतबार घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला राख्न नेपाल राष्ट्र बैंकले भनेको छ। क्लियरिङ गर्ने काउन्टरहरु पनि खुला रहने बताइएको छ।राष्ट्र बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र त्यसपछ