भारतमा भेटियो कोरोनाको नयाँ सब–भेरियन्ट

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो ।इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने बताएका छन् । उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो नयाँ सब–भेरियन्टमाथि नजिकबाट निगरानी बढाउनुपर्ने जिकिर गरेका छन् ।हालसम्म भारतसहित ८ देशमा ओमिक्रोनको यो नयाँ सब भेरियन्ट पुष्टि भएको छ ।