प्युठान जीप दुर्घटना : मृतक आठमध्ये सात जनाकाे सनाखत(नामावलीसहित)

प्युठान - प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रे…

सम्बन्धित सामग्री

प्युठानमा जीप दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते

प्युठान – जीप दुर्घटना हुँदा प्युठानमा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटनामा परी जिल्लाकाे प्युठान नगरपालिका- ५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ । जिल्लाकाे बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु […]

प्युठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

बुटवल । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापा रहेका छन् । उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार […] The post प्युठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्युठान जीप दुर्घटना: बेहुलीको एउटा हात गुम्यो

रुपन्देही । सिन्दुर लगाएर नयाँ घरमा घरजम गर्नका लागि माइती पक्षबाट बिदा भएकी नौबहिनी ६ लुङ प्युठानकी रिमा जिसीलाई नयाँ घरमा नपुग्दै ठूलो बज्रपात आइलाग्यो । कर्मघर नपुग्दै शनिबार बिहानैको त्रासदीपूर्ण दुर्घटनामा एउटै गाडीमा रहेका ८ जना आफन्त गुमाउनपर्‍याे । बेहुलासँगै उनको ज्यान त बच्यो तर रिमाले दाहिने हात नै गुमाएर अस्पतालमा संघर्ष गरिरहनुपरेको छ […]

प्युठान जीप दुर्घटना : कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति खड्काको मृत्यु

दाङ । प्युठानमा शनिबार बिहान भएको जीप दुर्घटनामा परी नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्काको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–६, ओखरपाटामा भएको जीप दुर्घटनामा सोही वडाको लिवाङका ३९ वर्षीय उपसभापति खड्कासहित आठजनाको मृत्यु भएको हो । घाइते बेहुला २५ वर्षीय दानबहादुर खड्काको बिहेबाट फर्किंदै गरेका वसन्त, उनकी श्रीमती ३९ वर्षीया...

प्युठान जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुग्याे

दाङ - प्युठानकाे ओखरपाटामा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुगेकाे छ ।  दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिनुभयाे।  प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियाे ।  नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप...