गन्तव्य देशका समस्या समाधान गरिदिन मन्त्री कुँवरसँग वैदेशिक रोजगार व्यवसायीको आग्रह

काठमाण्डौ – प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई भेटेर नेपाली श्रमिकको गन्तव्य देशमा हुने गरेका समस्या समाधानको लागि आग्रह गरेको छ । आइतबार मन्त्रालयमा गएर मञ्चको टोलीले साउदी, मलेसिया लगायतका देशमा रहेका विभिन्न ८ वटा समस्याबारे मन्त्री कुँवरलाई जानकारी गराएको हो । साउदीमा व्यवसायीले भोग्ने गरेका समस्याबारे मञ्चले बुँदागत रुपमा सुझावसहित ८ वटा विषयको उठान गरेको छ । जसमा कागजात प्रमाणीकरण, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउ...