झलनाथलाई ओलीको प्रश्न : एमालेले लगाइदिएको जुँगामा ताउ लगाएर बाकस खाली गर्छु भन्ने ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन्। नेता खनालले शनिबार एमालेको बाकस रित्तो पार्ने बताएपछि इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘हेर्नुहोस्, एमाले कार्यकर्ताले जुत्ताचप्पल खियाए र पसिना बगाएर अन्तरेजन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्ने? एमालेले लगाइरहेको सांसदको फूली, मेयरको फूली बोकेर फिर्ता गर्नुपर्दैन? कति साह्रो लाज नभएको?’ओलीले नेता खनालले नुनको गुन