काठमाडौं : सोमबार देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एकदुई स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मध्याह्नपछि अन्य स्थानमा पनि पानी पर्ने प्रणाली सक्रिय रहने विभागका मौसमविद् विनु महर्जनले जानकारी दिइन्। उनका अनुसार दिउँसो मधेश प्रदेशमा बढी हावाहुरीको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुम