र्यापर ‘राजा कुमारी’ ले काठमाडौंबासी नचाउने

इन्डियन–अमेरिकन र्यापर ‘राजा कुमारी’ले काठमाडौंबासी नचाउने भएकी छन् । आगामी डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा उनी प्रस्तुत हुन लागेकी हुन् । राजा कुमारीले दर्शकलाई हिन्दी तथा अङ्ग्रेजी गीतमा नचाउनेछिन् ।राजा कुमारी नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने क्लब फरेनहाइटले जनाएको छ । नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको क्लब फरेनहाइटका सञ्चालक मिलन श्रेष्ठले बताए ।