नराख्नुस् यी ८ खानेकुरा फ्रीजमा

काठमाडौं — आजकल मानिसहरू जे खानेकुरा पनि फ्रीजमा राख्न थालेका छन् । खानेकुराहरू फ्रीजमा राख्दा ताजा बस्छ भनेर उनीहरूले यसो गरेका हुन् । तर फ्रीजले खानेकुराको स्वाद बिगारिदिन पनि सक्छ । तर फ्रीजमा सबै किसिमका खानेकुरा राख्नु हुँदैन । तपाईंको फ्रीजमा यी खानेकुरा छन् भने निकालिहाल्नुस् । पाउरोटी पाउरोटी फ्रीजमा राख्दा ताजा बस्ला भन्ने हामीलाई लाग्छ तर खासमा त्यो त्यहाँ सुक्छ । त्यसलाई ब्रेड बक्स वा भान्साको दराजमा राख्नुस् । लसुन फ्रीजमा लसुन राख्दा त्यसको स्वाद घट्छ र अरू सबै कुरामा लसुनकै गन्ध आउँछ । आलु ...