राष्ट्रिय सभामा उम्मेदवारले साढे तीन लाख मात्र खर्च गर्न पाउने

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ। आयोगले सार्वजनिक सूचना निकाल्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ। राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावल

सम्बन्धित सामग्री

उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोकेको छ । निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन लाख पचास हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । आयोगले …

भारतीय दूतावासले सिधै २० करोड खर्च गर्न पाउने सहमति मान्दैनौँः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले गरेको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सहमतिप्रति आपत्ति जनाएका छन् ।

भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएकोमा सांसदको विरोध (भिडियो)

काठमाडौं – संसद्को राज्य व्यवस्था समिति बैठकमा नेपालका परियोजनामा भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएको भन्दै सांसदले विरोध गरेका छन। प्रधानमन्त्रीसमेतको उपस्थितिमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसद रघुजी पन्तले भारतसँग भएको यो सहमतिप्रति आपत्ति जनाए । यसअघि ५ करोड रुपैयाँसम्म भारतले सिधै खर्च गर्न पाउने व्यवस्था रहेकोमा भारतीय विदेश मन्त्री […]

प्रधानाध्यापकले ५ लाख खर्च गर्न पाउने बजेटको व्यवस्था घोषणामै सीमित

काठमाडौं : सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सामुदायिक विद्यालयका प्रधानाध्यापकको शैक्षिक नेतृत्व, सीप तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तालिमको व्यवस्था गर्ने र ५ लाख रूपैयाँसम्म  प्रधानाध्यापकले खर्च गर्न पाउने घोषणा गर्‍यो।तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष जेठ १५ गते संघीय संसदमा बजेट सार्वजनिक गर्दै भनेका थिए, ‘विद्यार्थीको शैक्षिक नतिजाका आधारमा विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारको लागि प्रधानाध्यापकबाट पेश भएको प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट स

उम्मेदवारले ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने

२२ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले बिभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न […]

उम्मेदवारले खर्च गर्न पाउने रकम बढ्यो (हेर्नुस् कसको कति ?)

निर्वाचन आयोगले प्रतिनिधिसभा प्रदेश सभा सदस्य उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा निर्धारण गरेको छ । ०७४ को निर्वाचनभन्दा बढी गर्न पाउने गरी आयोगले मंगलबार दलका प्रतिनिधिसँग छलफल गरी...

स्थानीय चुनाव विशेष : कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउने (सुचीसहित)

काठमाडौं, १८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले तोकेको भन्दा धेरै खर्च गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले महानगर, उपमहानगर, पालिका, वडाका उम्मेदवार सबैले गर्न पाउने खर्च तोेकेको हो । उम्मेदवारहरुले आयोगले तोकेको भन्दा बढी खर्च गर्न पाउने छैैनन् । यस्तो छ निर्वाचन आयोगले तोकेको उम्मेदवारले गर्न पाउने खर्च […]

राष्ट्रिय सभा निर्वाचनमा प्रचार प्रसारका लागि साढे ३ लाख रुपैयाँ खर्च गर्न पाउने

पुस २१, काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि एक उम्मेदवारले बढीमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले प्रचार प्रसार, सवारी साधन, भेला गोष्ठी लगायतका विभिन्न शीर्षकमा गरि ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। उम्मेदवारले सबैभन्दा धेरै खर्च गर्न पाउने शीर्षकमा गोष्ठी तथा अन्तरक्रिया रहेको छ। जसमा १ लाख रुपैयाँ खर्च गर्न पाउने छन्। सवारी साधन खरिद वा भाडामा लिन र त्यसमा लाग्ने इन्धनको लागि ८० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। कार्यालय सञ्चालनका लागि ७० हजार रुपैयाँ खर्च गर्न पाउने छन् भने प्रतिनिधि परिचालनर विविध शीर्षकमा ६० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। विद्युतीय तथा छापा माध्याममा समेत गरेर प्रचार प्रसारमा २९ हजार रुपैयाँ खर्च गर्न पाउने छन्। १ हजार रुपैयाँ भने मतदाता नामावली खरिद गर्न खर्च छुट्ट्याइएको छ।

राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाख रुपैयाँसम्म खर्च गर्ने पाउने

काठमाडौं, पुस २१। राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो। आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ लाख, सवारी साधनरघोडा ७० हजार र सवारी इन्धन ९घोडा प्रयोग गरिएकोमा दानासमेत० १० हजार र प्रचार सामग्रीमा १४ हजार […]

बैंकहरुले सीएसआरअन्तर्गत स्वास्थ्य क्षेत्रमा खर्च गर्न पाउने

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य क्षेत्रमा खर्च गर्न पाउने भएका छन्। नेपाल मौद्रिक नीतिको समीक्षाले अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, भ्याक्सिन र औषधि किन्नसमेत खर्च गर्न पाउने व्यवस्था गरेको हो। यसैगरी राष्ट्रिय महत्वका आविष्कार केन्द्र, मानव सेवा आदि क्षेत्रमा गरिएको खर्चलाई समेत व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च लेख्न पाइने भएको छ।