भारतमा हुने टी–२० विश्वकप खेल्न पाकिस्तानी खेलाडीलाई भिसा दिइने

काठमाडौं। पाकिस्तानी क्रिकेट खेलाडीलाई भारतमा अक्टोबरमा हुन लागेको टी–२० विश्वकपका लागि भिसा दिइने भएको छ। सरकारले पाकिस्तानी खेलाडीलाई भिसा दिने आश्वासन भारतीय क्रिकेट बोर्डलाई दिइसकेको छ।टी–२० विश्वकप नौ स्थानमा हुने र फाइनल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने पनि बोर्डले बताएको छ। भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तनावका कारण एक दशकदेखि दुई देशबीच क्रिकेट प्रतिस्पर्धा हुन सकेको छैन।