मेलम्ची मेलोः हतारमा उद्घाटन, अहिले परीक्षण

काठमाडौं, जेठ २४ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास […]