चीनको छिङदाओमा हिमालय एयरलाइन्सद्वारा कूटनीतिक चार्टर उडान

परराष्ट्र मन्त्रालयको अनुरोधमा हिमालय एयरलाइन्सले कूटनीतिक चार्टर उडान गरेको छ ।  परराष्ट्रमन्त्री डा.नारायण खड्काको औपचारिक भ्रमणका लागि चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गरेको एयरलाइन्सले  जनाएको छ ।  परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालय एयरलाइन्स गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।  छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन गते नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु फर