बजेटमा करका दर हेरफेर प्रकरण : आज प्रतिवेदन लेख्न सुरु गरिने, म्याद थप नगर्ने

काठमाडौं : चालु आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर  प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पनि बस्दै छ। दुई दिनमात्र म्याद रहेको समितिको बैठक आज विहान ११ बजे बस्न लागेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। समितिले आज प्रतिवेदन लेख्न सुरु गर्ने जनाएको छ। बजेट घोषणा भएको अघिल्लो दिन जेठ १४ गते राति सिंहदरबार प्रवेश गरेको शंकास्पद व्यक्तिबारे  विस्तृत बुझ्ने तयारी समितिको छ।बुधबारको बैठकमा सीसीटीभी