सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’ त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्द