सल्यान : वैदेशिक रोजगारको लागि भन्दै भारत हिँडेका सल्यानका एकजना विगत एक वर्षदेखि वेपत्ता भएका छन्।जिल्लाको बागचौर नगरपालिका ९ पोखरीका ५१ वर्षीय कलसिङ डाँगी एक वर्षदेखि वेपत्ता भएका हुन।२०७८ साउन ८ गते भारत जान्छु भनी घरबाट हिँडेको दिनदेखि नै परिवार र आफन्तको सम्पर्कमा नआएको छोरा धनसिङ डाँगीले बताए। उनले भने, 'घरबाट गएपछि भारत पुग्नु भयो/भएन कसैलाई पनि थाहा छैन। घरबाट हिँडेको दिनदेखि सम्पर्क हुन सकेको छैन।' कलसिङ यसअघि जाने गरेका भारतका विभिन्न ठाउँमा समेत खोजीकार्य ग