बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठक जारी

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्न बैठक बसेको हो । बैठकमा स्थानीय निर्वाचन, संसद्‍ अवरुद्धलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।