युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै १.४१ गुणा बढी आवेदन

असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा पहिलो दिन नै १.४१ गुणाले ओभर सब्सक्राइब भएको छ । ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१ करोड ६० हजार रकम बराबरको ९१ लाख ६०० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको का

सम्बन्धित सामग्री

युनियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अर्थात आइतवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै आज सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २६ गते साधारण सभा आयोजना गरेको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । साथै सभाले यस युनियन लाइफ इन्स्योरेन्स,प्राइम लाइफ इन्स्योरेन्स र गुँरास लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पनि पारित गर्नेछ ।

जीवन बीमामा बिग मर्जर : प्राइम, गुराँस र युनियन लाइफ मर्ज हुने

काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्ज हुने भएका छन् । बीमा समितिले चुक्ता पूँजी बढाउने निर्णय गरेर कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिइरहेका बेला यी तीन कम्पनीले मर्जरमा जाने निर्णय गरेका हुन् । बिहीवार तीन कम्पनीबीच मर्जरमा जाने विषयमा सैद्धान्तिक समझदारी भएको छ । बिहीवार काठमाडौंमा विशेष समारोहबीच प्राइमका अध्यक्ष पीयूषराज अर्याल, गुराँसका अध्यक्ष विवेक दुगड र युनियनका अध्यक्ष सुलभ अग्रवालले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जीवन बीमा क्षेत्रमा यो पहिलो र ठूलो मर्जर सम्झौता हो । निर्जीवनतर्फ केही दिन पहिला हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच मर्ज हुने सम्झौता भएको थियो । अहिले आएर जीवन बीमा क्षेत्रमा पनि मर्जर अभ्यास प्रारम्भ भएको हो । हाल उक्त तीन कम्पनी मर्ज हुने सम्बन्धमा सैद्धान्तिक सहमति मात्र भएको हो । अब बीमा समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि थप प्रक्रिया अगाडि बढ्ने प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ)े मनोजकुमार भट्टराईले बताए । ‘अहिले तीन कम्पनी आपसमा मर्ज हुने भनेर सहमति मात्र भएको हो । कम्पनीको नाम के राख्ने ? कर्मचारी कसरी व्यवस्थापन गर्ने ? लगायत विषयमा समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने, ‘स्वाप रेसियो भने सम्पत्ति दायित्व मूल्यांकन भएपछि टुंगो लाग्नेछ ।’ जीवन बीमाक्षेत्रमा यो मर्जर एक कोसेढुंगा सावित हुने उनले बताए । ‘अब हामी यो मर्जरलाई सफल बनाएर एउटा बलियो जीवन बीमा कम्पनीका रूपमा उदाउँछौं,’ उनले भने । यस्तै, युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले पनि यो सम्झौता ऐतिहासिक भएको बताए ।  यसले बीमित, प्रमोटर तथा शेयरधनीलगायत समग्र सरोकारवालालाई समेत फाइदा गर्ने उनको भनाइ छ । ‘यति, मात्र होइन, यो मर्जरले समग्र बीमा बजारलाई समेत फाइदा पुर्‍याउँछ । वास्तवमा नेपालमा बीमा कम्पनीको संख्या धेरै छ । यो अवस्थामा एकैपटक तीन कम्पनी मर्ज हुनु बीमा बजारका लागि पनि राम्रो हो,’ उनले भने, ‘समग्रमा तीन जीवन बीमा कम्पनी मिलेर पहिलो कम्पनी बन्ने गरी अगाडि बढेका छौं ।’ यी ३ कम्पनीले यति समयभित्र एकीकृत कारोबार गर्ने भनेर लक्ष्य राखेका छैनन् । यद्यपि सकेसम्म छिटो मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्ने उनीहरूको भनाइ छ । समितिबाट सैद्धान्तिक स्वीकृत पाएपछि मर्जर कमिटी बन्नेछ । त्यसपछि सोही समितिले नै कम्पनीको नाम, कर्मचारी व्यवस्थापन, सम्पत्ति मूल्यांकन तथा स्वाप रेसियोलगायत विषय टुंगो लगाउनेछ । त्यसपछि एकीकृत कारोबार गर्ने बताइएको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख रुपैयाँको हुनेछ । हाल प्राइमको २ अर्ब ७७ करोड ९६ लाख, युनियनको २ अर्ब १५ करोड र गुराँसको २ अर्ब ८ करोड ४२ लाख चुक्तापूँजी छ । मर्जपछि त्यो ७ अर्ब भन्दा बढी हुनेछ । बीमा कोषको आकार भने ४० अर्बभन्दा माथि पुग्ने छ । अहिले प्राइमको १७ अर्ब ६३ करोड, युनियनको १० अर्ब ३३ करोड गुराँसको १२ अर्ब ६ करोड बराबरको बीमा कोष छ । मर्ज भएपछि त्यसको आकार ४० अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ । बीमा समितिले १ महीनाअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापूँजी हुनुपर्ने व्यवस्था छ । आगामी चैत मसान्तभित्र चुक्ता पूँजीको न्यूनतम सीमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने समितिको निर्देशन छ । चुक्ता पूँजी बढाउने नाममा कम्पनीहरूलाई मर्जरमा जान दबाब दिनु नै समितिको मनसाय छ । सोही सन्दर्भमा यी तीन जीवन कम्पनी मर्जर जाने सम्झौता गरेका हुन् । मर्जर सम्झौता भएसँगै आगामी सातादेखि यी तीन कम्पनीको शेयर कारोबार पनि रोक्का हुनेछ ।

बिमालेख नवीकरण गर्दा युनियन लाइफ इन्स्योरेन्सको छुट

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बिमालेखको नवीकरणमा ब्याज छुट दिने भएको छ । कम्पनीले एक महिनासम्म शतप्रतिशत ब्याज छुट दिन लागेको हो ।दुई वर्ष अघिदेखि व्यतीत भएका बिमालेखहरुको नवीकरण गराउँदा लाग्ने बिलम्ब शुल्क, ब्याजमा आवश्यक प्रक्रिया पूरा गरी १३ वैशाखदेखि १५ जेठसम्मका लागि शत् प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ । उक्त ब्याज छुटको लाभ […]

युनियन लाइफ इन्स्योरेन्सले बोलायो वैशाख २३ गते चौथो वार्षिक साधारण सभा

वैशाख ४, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा वैशाख २३ गते गर्ने भएको छ । कम्पनीले सभा टाइगर प्यालेस रिर्सोट भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे गर्ने जानकारी दिएको हो । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तीको अनुमोदन र प्रमुख कार्यकारी अधिकृतको पुन : नियुक्ती पनि अनुमोदन गर्नेछ । साथै सभाले यस कम्पनी तथा अन्य जीबन बीमा कम्पनी बीच एक आपसमा मर्ज तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख १३ गते एक दिन बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा बैशाख १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

पाँच कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि

काठमाडौं। आज सेयर बजारमा पाँच वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। नेप्सेमा कीर्तिमानी कारोबार भएको दिन चार वटाको सेयर मूल्य १० प्रतिशत र एक कम्पनीको मूल्य ९ प्रतिशतले बढेको हो। आज खानी खोला हाइड्रोपावर, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको हो। यस्तै, आज आईसीएफसी ९ प्रतिशतले मूल्य बढेको नेप्सेले जानकारी दिएको छ।

आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाए

काठमाडौं। आज सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको दिन सात वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। आज महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा, माउन्टेन इनर्जी, रुरु जलविद्युत आयोजना र जीवन विकास लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ। यस्तै, आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ।

१० प्रतिशतले बढे पाँच कम्पनीको सेयर मूल्य

काठमाडौं। साताको दोस्रो कारोबारको दिन बजारमा पाँच वटा कम्पनीको बजार मूल्य १० प्रतिशतले बढेको छ। आज आइसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, हिमालयन पावर, नेपाल हाइड्रो र युनियन हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको नेप्सेले जानकारी गरायो। आज नेपाल ग्रुप ९.९९, युनियन लाइफ इन्स्योरेन्स ९ं.९८, हिमालयन ऊर्जा विकास कम्पनी ९.६७ र युनाइटेड मोदि हाइड्रो ९.२३ प्रतिशतले बढेको हो।

चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेको दिन चार वटा कम्पनीको सेयर मूल्य उच्च मूल्यले बढेको छ। आज नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य उच्च मूल्यले बढेको हो। जसमध्ये युनियन लाइफको ९ प्रतिशतले बढेको छ भने बाँकी तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै १.४१ गुणा बढी आवेदन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक निष्कासनको पहिलो दिन नै १.४१ गुणाले ओभर सब्सक्राइब भएको छ । साढे ६४ लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्कासन गरिएकोमा निष्कासनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ५ लाख १०...

युनियन लाइफको आईपीओ : पहिलो दिन  ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै ४ लाख ६१ हजार ३५६ जनाले आवेदन दिएका छन् । आइतबार ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको ८२ लाख ४७ हजार ८८० कित्ताको लागि आवेदन परेको छ ।  कम्पनीले आज (बिहीबार) देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।६४ लाख ५० हजार कित्तामा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता नै सामूहिक लागनीकोषलाई छुट्टयाएको छ । सर्वसाधारणले ५८ लाख ५ हजार कित्तामा मात्रै आवेदन