गोरखाका ८ स्थानीय तहद्वारा नीति कार्यक्रम र बजेट सार्वजनिक

गोरखाका–८ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । ११ स्थानीय तह रहेको गोरखामा चुमनुब्री, सिरानचोक र गण्डकी गाउँपालिका बाहेक अन्य पालिकाहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्ना गाउँ र नगरसभामा पेस गरेका छन् । असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था रहे पनि तीन पालिकाले सार्वजनिक गर्न बाँकी छ ।

सम्बन्धित सामग्री

झापाका अधिकांश पालिकाको जोड पूर्वाधार निर्माणमा

आइतबार १५ स्थानीय तह रहेको झापाका स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट अनुमान तथा नीति कार्यक्र मल्याएका छन् । अधिकांश स्थानीय तहले बजेटमा पूर्वाधार निर्माणलाई जोड दिएका छन् । झापामा कहाँको बजेट कस्तो छ ? केही स्थानीय तहको बजेटको अवस्थाः दमक दमक नगरपालिकाले आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै सुत्केरी महिलालाई घरैमा […]

पाल्पामा १० वटै स्थानीय तहको बजेट सार्वजनिक, कसको कति ?

पाल्पामा रहेका १० स्थानीय तहले बजेट ल्याएका छन् । दुई नगरपालिकासहित १० स्थानीय तह रहेको पाल्पामा धेरैले नीति कार्यक्रम र बजेट एकै दिन पारित गरेका हुन् । जिल्लाको तानसेन नगरपालिकाले १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट ल्याएको छ । नगरप्रमुख सन्तोषलाल श्रेष्ठकाअनुसार तानसेनमा चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालीस र पुँजीगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरिएको छ । बजेटमा ४५ दशमल ४४ प्रतिशत पुँजीगत छ । बाँकी चालु खर्चमा रहेको छ । त्यस्तै रामपुर नगरपालिकाले पन

स्थानीय तह बजेट : ७०० ले ल्याए, ५३ को स्थगित

काठमाडौँ । देशका ७ सय ५३ स्थानीय तहमध्ये आगामी आर्थिक वर्ष ०७९/८० का लागि शुक्रबार ७ सयले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । विभिन्न किचलो र तयारी नपुग्दा आदि कारणले ५३ वटाले पूर्वनिर्धारित मितिमा बजेट ल्याएनन् । स्थानीय तहले हरेक आर्थिक वर्षको असार १० मा नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने स्थानीय सरकार सञ्चालन […]

स्थानीय तह बजेट : ७०० ले ल्याए, ५३ को स्थगित

मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये आगामी आर्थिक वर्ष ०७९/८० का लागि शुक्रबार ७ सयले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । विभिन्न किचलो र तयारी नपुग्दा आदि कारणले ५३ वटाले पूर्वनिर्धारित मितिमा बजेट ल्याएनन् ।

२ उपमहानगर र दर्जनौं स्थानीय तह बजेटविहीन

संघीय सरकारको बजेट पारित भएकै दिन देशभरका स्थानीय तहले बजेट ल्याएका छन् । ७५३ स्थानीय तहमध्ये सबै महानगरपालिकाले बजेट ल्याए पनि २ उपमहानगरपालिकासहित दर्जनौं स्थानीय तहले भने मंगलबारसम्म बजेट ल्याउन सकेनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम स्थानीय तहले असार १० गते भित्र स्थानीय तहको सभामा आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने नियम छ । वीरगन्ज महानगरले भने सोमबार नै बजेट सार्वजनिक गरिसकेको छ । बाँकी ५ महानगरसहित ९ उपमहानगरपालिकाले मंगलबार बजेट सार्वजनिक गरेका हुन् ।