झापा बिर्तामोडका व्यापारी हरि मिश्रले नेपालमा उत्पादित चिराइतो यस वर्ष प्रतिक्विन्टल एक लाख रुपैयाँमा भारत निर्यात गरे । डेढ दशकअघि व्यवसाय गर्न ताप्लेजुङबाट बिर्तामोड सरेपछि लगातार चिराइतोको कारोबार गर्दै आएका उनले बिक्री गरेको यो अहिलेसम्मकै बढी मूल्य हो ।