हात्तीबाट जोगिन चिया खेती, गाउँमै प्रशोधन कारखानाले किसानलाई सहज

झापा : जंगली हात्तीको उपद्रोले झापावासी आतंकित छन्। रैथाने जंगली हात्तीको बथानले वनजंगल आसपासका खेतीसँगै गाउँबस्तीमा जनधनको क्षति पुर्‍याउँदै आएको छ।हात्तीले अन्नबालीमा गर्ने क्षतिका कारण कृषकहरू बढी चिन्तित छन्।दशकौँ अघिदेखि जंगली हात्तीको समस्या झेल्दै आएका भारतीय सीमावर्ती नाकासँग जोडिएको साबिक बाहुनडाँगी गाविस हाल मेचीनगर नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ का कृषकहरूको आम्दानीको मुख्य स्रोत नै धान, मकै, गहुँ, कोदोलगायत अन्नबाली थियो।तर, उनीहरू हाल ती अन्नबालीको विकल्पमा अन्