चितवन : नेकपा (एमाले) को जारी दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल भोट माग्न व्यस्त छन्। उम्मेदवारी दर्ता गराएदेखि रावल मतदाताका बीचमा डुलिरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी एवं निवर्तमान अध्यक्ष केपी ओली भने उम्मेदवारी दर्ता गराएपछि महाधिवेशन प्रतिनिधिमाझ देखिएका छैनन्। भोट माग्ने क्रममा केही मतदाताले रावललाई उम्मेदवारी फिर्ता लिइदिन पनि आग्रह गरेका छन्। चुनाव हारजितले पार्टीलाई कमजोर बनाउने भन्दै उनीहरुले रावललाई उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हु