आईजीपी नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । न्यायाधीश माथेमाको एकल इजलासमा बुधबार रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । एआईजी पोखरेलले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै रिट निवेदनमा परमादेश मा