विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबीचको टकरावले विद्यालय भवन अलपत्र

विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबिचको टकरावका कारण ताप्लेजुङको एक निर्माणाधीन विद्यालय भवन अलपत्र बनेको छ । पाँच बर्ष अघि निर्माण थालिएको आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिन स्थित परमसिङदेवी माविको भवन अलपत्र बनेको हो । तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकमले विद्यालयले चार कोठाको दुई तले भवन निर्माण शुरु गरेको भएपनि रकम अभावका कारण सम्पन्न गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन पोमु लिम्बुले बताए । विद्यालयलाई शिक्षा कार्यालयबाट छुट्याइएको ३६ लाख मध्ये करिब