एन्फा प्रवक्ता राईले पदबाट दिए राजीनामा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले आज पदबाट राजीनामा दिएका छन्। वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद पेचिलो बन्दै जाँदा राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका हुन। प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दैछन्। केन्द्रीय सदस्य राईले शनिबार मध्य रातमा फेसबुकमा स्टाटस राख्दै राजीनामा दिने संकेत दिएका थिए।