अर्थतन्त्रमाथि संकटको बादल : निकास कसरी ?

देशले करीब दुई तिहाइ बहुमतको सरकार पाएपछि सुशासन र विकासले जुन स्तरको गति समात्ने अपेक्षा गरिएको थियो, त्यो अपेक्षालाई अहिले देखिएका अर्थतन्त्रका परिदृश्यले चुनौती दिइरहेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिक अवधिको आर्थिक सूचकले अर्थतन्त्र संकटोन्मुख रहेको देखाएको हो । विश्व अर्थतन्त्रलाई अक्रान्त पारेको कोरोना महामारीले करीब डेढ वर्ष थला परेको अर्थतन्त्रले गति समात्ने अपेक्षा गरिएकै बेलामा राष्ट्र बैंकको तथ्यांकले दिएको संकेतले गम्भीर अर्थ राख्छ । अर्थतन्त्र उत्थानका लागि उत्पादन र आयात प्रतिस्थापनमा एकोहोरिनुपर्छ । मूल्यअभिवृद्धि र तुलनात्मक लाभका उत्पादनमा जोड दिनुपर्छ । यसका लागि स्थानीय कच्चा पदार्थका आधारित उत्पादन बढाएर लागत न्यूनीकरण गरिनुपर्छ । कोरोनाबाट थलिएको अर्थतन्त्रलाई लयमा फर्काउने सन्दर्भमा सरकारी उदासीनता र फितलो व्यवस्थापनका कारण अर्थतन्त्रका आयामहरू संकटतर्फ धकेलिएकोमा विवाद आवश्यक छैन । जनताले स्पष्ट र बलियो जनादेशसहितको सरकार निर्माणको आधार बनाइदिएर पनि राजनीतिक दलहरूको आन्तरिक किचलो र दाउपेचका कारण राजनीतिक अस्थिरता कायमै रहनु र दलीय ध्यान सुशासनको सट्टा नेतृत्वको स्वार्थमा धकेलिँदा अर्थतन्त्रका सरोकार कचल्टिने वातावरण बनेको हो । विकासले लय पक्रिने विश्वास कमजोर हुँदै गएको छ । सुशासन र समृद्धि राजनीतिको वास्तविक एजेन्डा हुन छोडेको छ । सत्तागमनमात्रै राजनीतिको एकल ध्याउन्न हुँदा आर्थिक विकास र यसका सूचकहरू बलियो हुने प्रश्नै भएन । राष्ट्र बैंकका अनुसार राष्ट्रिय बचत निरन्तर कमजोर बनिरहेको छ । चालू आर्थिक वर्षको पहिलो ४ महीनालाई आधार बनाएर राष्ट्र बैंकले तयार पारेको तथ्यांकले देशको शोधनान्तर अवस्था, मुद्रास्फीति, विप्रेषण आप्रवाह, विदेशी मुद्रोको सञ्चय, वैदेशिक व्यापारजस्ता अर्थतन्त्रका आधारभूत सूचकहरू नकारात्मक बन्दै गएको देखाएको छ । यस्ता सूचकहरूले अर्थतन्त्र संकटतर्फ उन्मुख भएकोमात्र देखाएको छैन, राज्य सञ्चालकहरूलाई सचेत पनि गराएको छ । विदेशबाट आउने विप्रेषण र निर्यातबाट हुने आम्दनीको तुलनामा आयातमा बाहिरिने रकम बढी हुँदा शोधनान्तर घाटा उच्च दरमा बढेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिको तुलनामा यो वर्षको समीक्षा अवधिका यस्तो घाटा उल्लेख्य देखिएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा १ खर्ब १० अर्ब रुपैयाँले नाफामा रहेको शोधनान्तर अहिले १ खर्ब ५० अर्ब रुपैयाँले घाटामा जानु भनेको आय र खर्चका व्यापक असन्तुलन हो । गतवर्ष कोरोना महामारीका कारण बजार र मागमा आएको मन्दी कारण बचत उच्च भएको पनि हुन सक्छ । यो वर्ष व्यापार बढ्दा उत्पन्न उपभोगका कारण पनि यो असन्तुलन हुन सक्छ । विदेशी मुद्राको सञ्चिति पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो ४ महीनामा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा चालू वर्षको यो अवधिमा १२ खर्ब २२ अर्ब रुपैयाँमा खुम्चिएको छ । यसले ७.२ महीनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकको अनुमान छ । कुनै समय हामीकहाँ १३÷१४ महीनासम्मको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको तथ्यांक राष्ट्र बैंकले नै प्रकाशित गर्दै आएको थियो । गत आर्थिक वर्षको पहिलो ४ महीनामा चालू खाता १९ अर्ब रुपैयाँले बचतमा रहेकोमा यो आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ खर्ब २३ अर्ब रुपैयाँले घाटामा पुगेको छ । विदेशी मुद्राको सञ्चिति घट्दा अत्यावश्यकीय वस्तु तथा सेवाको आयातमा कठिनाइ त हुन्छ नै, यसले समग्र अर्थतन्त्रको पद्धतिमै आघात पुर्‍याउँछ । वैदेशिक राजगारीले उपभोगलाई बढावा दिए पनि घाटा पूर्ति गर्दै आएको थियो । यसमा पनि नकारात्मक तथ्य बाहिर आएको छ । विप्रेषण आप्रवाह पनि निकै घटेको छ । ७ दशमलव ५ प्रतिशतले घटेर यो आय ३ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा यो १२ प्रतिशतभन्दा बढीले बढेको थियो । गैरवित्तीय माध्यम (हुन्डी)बाट रकम आउन थालेको अनुमान राष्ट्र बैंकको छ । यस्तो उपाय विप्रेषण आयमा मात्र होइन, वैध आयातमा पनि हुन्डी कारोबारका बाध्यता सरकारी नीतिकै कारण उत्पन्न भएको छ । अव्यावहारिक भन्सार मूल्यांकन प्रणालीका कारण व्यापारीहरूलाई हुन्डीको सहारा लिनुपरेको स्वयम् व्यवसायीले बताउने गरेका छन् । राष्ट्र बैंकका अनुसार ४ महीनामा ६ खर्ब ५० अर्ब रुपैयाँको बस्तु आयात हुँदा निर्यात ८२ अर्ब रुपैयाँको मात्र भएको छ । वैदेशिक व्यापारघाटा ५६ दशमलव ८ प्रतिशतले बढेर ५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित भएको छ । अर्थतन्त्रका यस्ता नकारात्मक सूचकहरूको समुचित व्यवस्थापनमा सरकारको चरम उदासीनता छ । सरकारको आर्थिक सल्लाहकार मानिएको राष्ट्र बैंक, योजना आयोगजस्ता निकायले तयार पारेका तथ्यांक र अध्ययनका निष्कर्षको सार्वजनिकीकरण केवल कर्मकाण्डजस्ता मात्र लाग्न थालेको छ । यस्ता अध्ययनको सारलाई सरकारले योजना र नीति निर्माणका माध्यमबाट सम्बोधन गर्नुपर्ने हो । यसमा आशलाग्दो काम अहिलेसम्म देख्न पाइएको छैन । राष्ट्र बैंकको तथ्यांकले यो अवधिमा वैदेशिक लगानीमा सुधार आएको देखाएको छ । यसलाई सकारात्मक मानिए पनि अहिले सतहमा देखिएको तरलता संकट र उद्यमी व्यापारीको मनोविज्ञानलाई हेर्दा उत्साहको निरन्तरतामा ढुक्क हुन सकिने अवस्था छैन । लगानी वातावरण र लगानी तथा सम्पत्तिको स्वतन्त्रतासम्बन्धी सूचक हामीकहाँ उत्साह प्रदान गर्ने खालका छैनन् । पूँजी, श्रम, पारवहन, ऊर्जाजस्ता उत्पादनका आधारभूत पक्षको उपलब्धता भरपर्दो र सहज हुन सकेको छैन । कर तथा राजस्व, भन्सार नीतिमा विरोधाभासको कमी छैन । व्यवसायको शुरुआतदेखि पूरा गर्नुपर्ने प्रक्रिया, पूँजीको प्रबन्ध र महँगो लागत, महँगो र न्यून गुणस्तरीय ऊर्जा, कर भुक्तानीको झन्झटिलो प्रक्रिया र अधिक समयलाई व्यावसायिक वातावरणको अवरोधको रूपमा छन् । स्वदेशकै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बेलामा बाहिरका केही लगानी बढ्दैमा उत्साहित भइहाल्नु पनि अति उत्साह हुन सक्छ । तर, लगानी वातारणका क्षेत्रमा पनि पर्याप्तै सुधारका काम गर्नुपर्ने अवस्था छ । अहिले सतहमा देखिएको तरलता संकटले अर्थतन्त्र दबाबमा रहेको स्पष्ट पारिरहेको छ । यसले व्यवस्थापन सही हुन नसकेकोलाई नै संकेत गरेको छ । चालू आर्थिक वर्षको शुरुआतसँगै नकारात्मक सूचकहरूको शृंखला नै शुरू भएको छ । निर्यातको तुलनामा आयात अधिक, आयात धान्ने क्षमता न्यून हुँदै जानु अर्थतन्त्रका निम्ति अवश्य पनि राम्रो संकेत होइन । अर्थतन्त्र उत्थानका लागि उत्पादन र आयात प्रतिस्थापनमा एकोहोरिनुपर्छ । मूल्यअभिवृद्धि र तुलनात्मक लाभका उत्पादनमा जोड दिनुपर्छ । यसका लागि स्थानीय कच्चा पदार्थका आधारित उत्पादन बढाएर लागत न्यूनीकरण गरिनुपर्छ । राजनीतिक तहबाट लगानी अभिवृद्धि, रोजगारी सृजना, व्यापारघाटा सन्तुलन, राष्ट्रिय आयको अभिवृद्धिका गफ निकै सुनिएको छ । आर्थिक अवयवको परिदृश्य भने जताततै नकारात्मकमात्र प्रतीत हुन्छ । सरकार सञ्चालनमा रहेको र विपक्षी राजनीति सत्ता र शक्तिमा एकचित्त भएको छ । यसले अर्थतन्त्र उत्थानको विषय प्राथमिकतामा पर्न सकेन । फलस्वरूप आर्थिक सूचकहरूले संकटलाई संकेत गरिरहेका छन् । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

हरेक संकटमा देशलाई निकास दिने माओवादी नै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक संकटमा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताएका छन् । युद्धलाई शान्तिमा रुपान्तरणदेखि संविधानसभाबाट संविधान जारी गर्ने होस् वा प्रतिगमनबाट देशलाई बचाउन कार्यमा नै किन नहोस् हरेक समस्यामा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताए । ‘हरेक समस्यामा संकट मोचनको भूमिका माओवादीले खेल्नुपरेको छ । शान्ति प्रक्रियालाई सफलताको बिन्दुमा लैजान गरिएको जोखिमपूर्ण निर्णय गरियो ।  संविधान बनाउने विषयमा कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाएर

न्यायालय विवादमा दलहरूले निकास दिनुपर्छ : पूर्वसभामुख नेम्वाङ

पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले न्यायालयको विवादमा दलहरुले निकास दिनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दलहरूले नै उक्त पदमा पु¥याएकाले दलहरूले नै अहिलेको अवस्थाको निकास दिनुपर्ने...

प्रधानन्यायाधीशका विषयमा छिट्टै निकास निकाल्छु : प्र.म.

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका विषयमा छिट्टै निकास निकाल्ने आश्वासन नेपाल बार एसोसिएसनका पदाधिकारीलाई दिनुभएको छ । शुक्रबार बार अध्यक्षसहितका पदाधिकारीहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताउनुभएको हो । कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानमन्त्री देउवाले बारले प्रधानन्यायाधीशलाई लिएर उठाएका विषयमा आफू जानकार रहेको र प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको …

न्यायालयभित्रको विवाद कायमै रहे राजनीतिक निकास खोज्छौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  न्यायालयको विवादले छिट्टै निकास पाउने विश्वास व्यक्त गरेका छन् ।  पूर्व प्रधानमन्त्री प्रचण्डले एक दुई दिनभित्र निकास ननिस्कए आफूहरु राजनीतिक निकास खोज्नेतर्फ लाग्ने पनि बताए । बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनले यो समस्याको निकास सर्वोच्च अदालतबाटै समाधान हुनुपर्ने निर्णय गरेकोले आफू पनि अहिले सोही पक्षमा रहेको बताए ।  न्यायालयमा देखिएको समस्याको निक

पाँचदलीय समन्वय समितिको निष्कर्ष : न्यायालयको विवादले छिटो निकास पाउनुपर्छ

काठमाडौं : पाँचदलीय गठबन्धन समन्वय समितिले न्यायालयको विवादले छिटो निकास पाउनुपर्ने निष्कर्ष निकालेको छ।समितिको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विवादले छिटो निकास पाउनुपर्ने निष्कर्ष निकालेको हो।बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यको महत्त्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा र सम्बन्धित सबैबाट छिटो निकास दिन

प्रधानन्यायाधीश जबराले नै निकास दिनुपर्ने बारको निर्णय

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको छ । बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशले निकास दिनुपर्छः पूर्वन्यायाधीश फोरम

काठमाडौं, कार्तिक ६ । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण न्यायपालिकाको गरिमा, विश्वसनीयता कमजोर भएको निष्कर्ष निकाल्दै न्यायालयको स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानन्यायाधीशले निकास दिनु वाञ्छनीय र अनिवार्य भएको निष्कर्ष निकाल्दै पूर्वन्यायाधीश फोरमले निकास नदिए प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनुपर्ने बताएको छ । न्यायपालिकाको वर्तमान स्थितिको […]

वर्षामा जमेको पानी निकास गर्न प्रहरी परिचालन

४ साउन, धनगढी । धनगढी उपमहानगरपालिकामा विवादित क्षेत्रमा जमेको पानी निकास गर्न प्रहरी परिचालन गरिएको छ । धनगढी उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने विषयमा वडा नम्बर २ का स्थानीयबीच विवाद बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेर सोमबार निकास दिएको हो । सो क्रममा आक्रोशित वडा नं २ का वासिन्दाले प्रहरीमाथि […]

अध्यक्ष ठाकुरले भने, ‘हामी केही निकास दिन्छौँ’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशलाई राजनीति रुपमा निकास दिनका लागि पार्टीमा छलफल भइरहेको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको विज्ञप्तिपछि राजनीतिक अवस्था फेरिएको र अब त्यसलाई कसरी निकास दिने विषयमा आफ्नो पार्टीमा छलफल भइरहेको प्रतिकृया दिएका हुन् ।सिंहदरबारमा आफू पक्षीय सांसदको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका अध्यक्ष ठाकुरले पत्रकारलाई सानो प्रतिकृया दिँदै भने, ‘पार्टीमा छलफल भएपछि ठोस कुरा भन्न सकिन्छ, आजै उपेन्द्र यादवसँग पनि छलफल हुँदैछ ।&rsqu

संसद् पुनर्स्थापना होइन, अब राष्ट्रिय मुक्ति आन्दोलनले मात्रै निकास दिन्छ

संसद् पुनर्स्थापना होइन, अब राष्ट्रिय मुक्ति आन्दोलनले मात्रै निकास दिन्छ