नेपाल टेलिकमका जीएसएम प्रिपेड प्रयोगकर्ताले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूले अब आफ्नो व्यक्तिगत विवरण आफैंले अनलाइनमार्फत भरेर अद्यावधिक गर्न सक्ने व्यवस्था लागू गरिएको छ । कम्पनीमा रहेको ग्राहक विवरण (KYC – Know Your Customer) अपडेट प्रक्रियालाई सहज, छरितो र डिजिटल बनाउन यो नयाँ सेवा सुरु गरिएको हो । दूरसञ्चार कार्यालय, सुन्धाराबाट गत पुस २२ गते परीक्षणका रूपमा शुभारम्भ […]