भारतीय फुटबल महासंघको चुनाव २ सेप्टेम्बरमा, सर्वोच्चको आदेशले प्रतिबन्ध फुकुवा हुने विश्वास

काठमाडौँ – भारतीय फुटबल महासंघ (एआईएफएफ)को निर्वाचन आगामी २ सेप्टेम्बरमा हुने तय भएको छ। महासंघको चुनावका लागि उम्मेद्वारी  मनोनयन २५ अगस्टभित्रमा गरिसक्नुपर्ने जनाइएको छ। सोमबार भारतको सर्वोच्च अदालतले फुटबल महासंघको विषयमा सुनुवाइ गर्दै प्रशासनिक समिति (सिओए) खारेज गर्ने निर्णय गरेसँगै एआईएफएफको निर्वाचनको बाटो खुलेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै भारतलाई फिफाले प्रतिबन्ध गरेको थियो। […]