पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने

काठमाडौं । नेपाल पर्यटन बाेर्डले यही वैशाख ३० गते देशभर हुने स्थानीय तहको निर्वाचनको दिन काठमाण्डौँमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलमा आवतजावत गर्न सटल बस सञ्चालन गर्ने भएकाे छ । बोर्डले पर्यटक प्रहरीको सहयोग तथा नेपाल टुरिस्ट भेईकल एसाेसिएसन र टुरिष्ट बस एसाेसिएसनकाे समन्वयमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि...

सम्बन्धित सामग्री

चुनावका दिन पर्यटकीय सटल बस चल्ने, यस्तो छ रुट

वैशाख २८, काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थानीय तहको निर्वाचनका दिन (वैशाख ३० गते) पर्यटकलक्षित सटल बस सेवा सञ्चालन गर्ने भएको छ । बोर्डले मंगलवार एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनको दिन काठमाडौंमा हवाई यात्रुलाई विमानस्थल र होटेलबीच हुन सक्ने यातायात असुविधा हटाउन यस्तो सेवा दिने तयारी गरेको जानकारी दिएको छ । बोर्डले पर्यटक प्रहरीको सहयोग तथा नेपाल टुरिस्ट भेहिकल एशोसिएशन र टुरिस्ट बस एशोसिएशन अफ नेपालको समन्वयमा उक्त सेवा दिने तयारी गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटेल तथा होटेलदेखि विमानस्थलसम्म आवात–जावतको लागि सशुल्क सटल बस सेवा सञ्चालन गर्ने बोर्डले उल्लेख  गरेको छ । जसअनुसार रूट १ मा विमानस्थल–एनएसी–होटेल अन्नपूर्ण–होटल याक एन्ड यती–ठमेल चोक–लैनचौर चोक–शंकर होटेल–एम्बासडर होटेल हुँदै पुनः विमानस्थलसम्मको हुनेछ । रूट २ मा विमानस्थल हुँदै होटेल र्‍याडिशन–सांग्रिला होटेल–नारायणगोपाल चोक–महाराजगञ्ज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटेल द्वारिका रहेको छ । तेस्रो रूटमा विमानस्थल हुँदै तीनकुने चोक–होटेल एभरेस्ट–माइतीघर चोक–होटेल हिमालयन–होटेल सोल्टी–ग्रान्ड होटेल रहेको छ । सटल बस सेवाबापत प्रतिव्यक्ति शुल्क ३ सय रुपैयाँ तोकिएको छ ।

पर्यटकको सुविधाका लागि निर्वाचनका दिन पर्यटन बोर्डले सटल बस सञ्चालन गर्ने

पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ । हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो । नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँगको सहकार्यमा बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म सशुल्क सटल बस सेवा सञ्चालन गर्न लागेको हो । रुट १ मा एयर

मतदानको दिन पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने

काठमाडौं । पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ । हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो । नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँगको […] The post मतदानको दिन पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

विमानस्थलमा सटल बस सेवा सञ्चालन हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् ।आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औं बेठकको उद्घाटन गर्दै मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताए । उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा […]

एयरपोर्टबाट ट्याक्सी हटाउने मन्त्री आलेको संकेत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काठमाडौँ विमानस्थलमा ट्याक्सीले महँगो भाडा लिएको भन्दै हटाउने चेतावनी दिएका छन् । उनले सिँधै ट्याक्सी हटाउने भन्ने शब्द प्रयोग नगरी अब आन्तरिक र अन्तराष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताए ।नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको उद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गरिने बताएका हुन् । यात्रुहरुले प्लेनको भन्दा ट्याक्सीको भाडा महँगो भएको गुनासो गरेको भन्दै अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क रुपमा सञ्चालन गरिने बताएका हुन् ।मन्त्री आलेले मजदुरहरुको लागि विमास्थलमा विश्राम घर पनि चाँडै बन्ने बताए । आफूले यसका लागि निर्देशन दिईसकेको उनको भनाई छ ।

पर्यटन मन्त्री भन्छन्, मैले जति काम कसैले गरेका थिएनन्

काठमाडौं। पर्यटन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको उद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए।

विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने पर्यटनमन्त्री आलेको घोषणा

काठमाडौं, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आिन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने घोषणा गरेका छन्। आज (आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको […]