काठमाडौं । ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा’ छायांकन आजदेखि सुरु भएको छ । नयाँबजारमा पहिलो दिन गीत सुटिङ भयो । छायांकनको निश्चित समयतालिका निर्धारण नगरिएपनि सुटिङ काठमाडौं वरपर हुने निर्देशक खनालले जानकारी दिए । ‘खिच्दै जाँदा समयावधि पनि लम्बिन सक्छ’ खनालले अनलाइनखबरसँग भने, ‘गुणस्तरमा हामीले सम्झौता गर्नेछैनौं ।’ […]