आम जनताका आवाजलाई सशक्त बनाउन क्लबले सशक्त भूमिका निर्वाह गरेको छ : रास्वपा सांसद गणेश पराजुली

काठमाडौं, १७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद डा. गणेश पराजुलीले आफ्नो दलले छोटो समयमा जनताको मन जितेर संसद्मा पुगेको बताए । उनले आफूहरुले संसद्मा जनताको चाहनाअनुसार भूमिका निर्वाह गरेको सुनाए । रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा उनले अहिलेको पुस्ताले खोजिरहेको परिवर्तनलाई आफूहरुले सम्भव बनाउने विश्वास दिलाए […]