रुपन्देहीको तिलोत्तमामा जनप्रतिनिधिकै घरमा महिला हिंसा भएको पाइएको छ । तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकै घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो ।तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया बर्षा थारु घरेलु हिंसामा परेकी हुन् । बर्षाले आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएकी छन् ।घटनाको थप अनुसन्धानका लागि इलाका प्