खोप उत्पादन बढाउन प्रतिलिपि अधिकार बाधक : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोप उत्पादन बढाउन प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने धारणा राखेको छ।संगठनका प्रमुख टेड्रोस एड्हानोम घेब्रेयेससले खोप उत्पादन तीव्र पार्न प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने बताएका हुन्‌। यसो भयो भने धेरै देशमा खोप उत्पादन गर्न सकिनुका साथै मूल्य पनि सस्तो पर्ने घेब्रेयससको भनाइ छ।खोप उत्पादनसँग जोडिएको प्रतिलिपि अधिकारको नियम हटाउनका लागि भारत र दक्षिण अफ्रिकाले गरेको प्रस्तावको स्वागत गर्दै उनले अरू देशले पनि यसलाई समर्थन गर्ने वि