लेनदेन मुद्दामा फरार पक्राउ

दाङ : दाङमा प्रहरीले लेनदेन मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ निवासी २८ वर्षीय राजेन्द्र गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।गुप्तालाई दाङ जिल्ला अदालतले लेनदेन मुद्दामा २ वर्ष कैद फैसला तोके पनि उनी फरार रहेका थिए।उनलाई खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो साढे ३ बजेतिर घोराही-१५ तुलसीपुर चोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।त्यस्तै उनलाई श