काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास भएको छ। संयोजक गुरुङले रानीबारीदेखि नयाँ बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लखेटेको बताउनुभएको हो । त्यसपछि बीचमा २ वटा गाडी थपिएर पच्छ्याएको समेत उहाँले बताउनुभएकाे छ । तर उनीहरु को हुन् भनेर चाहीं आफूले चिन्न नसकेको उहाँको भनाइ थियो ।
काठमाडौं। औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ । महाशाखाका मौसमविद् […]
RajdhaniDaily.com | धनगढी । जेन्जी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेकाहरूको सम्मानमा कैलालीको धनगढी उपमहागरपालकाले यहाँको एक सडकको नाम ‘जेन्जी मार्ग’ राख्ने भएको छ । -
काठमाडौं। जेन–जी विद्रोहपछि पनि विघटित संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद त्याग्न अस्वीकार गरेपछि देउवाइतर परिवर्तनका पक्षधरहरू विकल्पहरूबारे छलफलमा जुटेका छन्। कांग्रेस विधानअनुसार भने देउवा दुई तरिकाले पदबाट हट्न सक्छन्। पहिलो, देउवाले राजीनामा दिएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिने र ६ महिनाभित्र महाधिवेशन गर्ने । दोस्रो, ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरमा […]
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिनुभएकाे छ । गत भदौ २४ गते भएको जेनजी युवाहरूको आन्दाेलनपछि डल्लुस्थित निवासमा भएको आगजनी र तोड्फोडमा परेर खनालकी पत्नी चित्रकार गम्भीर घाइते हुनुभएकाे थियाे। उहाँको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी रहेकाे छ […]