रुसले युक्रेनमा जैविक हतियार प्रयोग गर्न सक्ने, बोल्यो ह्वाइट हाउस

रुसले युक्रेनमा जैविक हतियारबाट आक्रमण गर्न सक्ने भन्दै त्यसप्रति बेलैमा सबै सतर्क हुनु आवश्यक भएको ह्वाइट हाउसले जनाएको छ । युक्रेनमा अमेरिकाले जैविक र रासायनिक हतियारको विकास गरेको दावी रुसले गरेको प्रेस सेक्रेटरी जेन साकीले बताइन् । तर रुसको यो दावी झुटो भएको उनको भनाइ छ । रणनीतिक रुपमा रुसले झुटो दावी गरेको बताउँदै उनले आगामी योजनालाई वैध बनाउनका लागि यसो भनिएको पनि जिकिर गरेकी छन् । पश्चिमा अधिकारीहरुले ताजा आक्रमणको विषयमा समान किसिमको चासो व्यक्त गरेकै समयमा यस किसिमको धारणा सार्वजनि

सम्बन्धित सामग्री

रुससँग गठबन्धन नगर्न भारतलाई अमेरिकाको चेतावनी

वासिङटन । अमेरिकाले रुससँग गठबन्धन नगर्न भारतलाई चेतावनी दिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि रुससँग निकट रूपमा साझेदारी नगर्न भारतलाई अमेरिकाले चेतावनी दिएको राष्ट्रपति जो बाइडेनका शीर्ष आर्थिक सल्लाहकारले बताए । ह्वाइट हाउस नेसनल इकोनोमिक काउन्सिल डाइरेक्टर ब्रायन डिजले भारतको रुससँग थप स्पष्ट रणनीतिक गठबन्धनको लागत र परिणाम महत्त्वपूर्ण र...

रुसले युक्रेनमा रासायनिक वा जैविक हतियार प्रयोग गर्ने जोखिम : ह्वाइट हाउस

रुसले युक्रेनमा रासायनिक वा जैविक हतियारबाट आक्रमणको योजना बनाइरहेको हुन सक्ने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ । रुसले युक्रेनमाथिको युद्धको क्रममा रासायनिक वा जैविक हतियार प्रयोग गर्न सक्ने भएकाले ‘सबै सचेत’ रहनु पर्ने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बताएकी छन् । रुसले हालै अमेरिकी जैनिक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार निर्माण भइरहेको दाबी […]

युक्रेन संकटको भित्री पाटो– समुद्रमुनिको रुसी पाइपलाइनले निम्त्याएको तनाव

अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलवार दुई घन्टाभन्दा बढी चलेको वार्तामा अन्य कुराका अलावा युक्रेन संकटको बारेमा चर्चा भएको रुस सरकार तथा ह्वाइट हाउस दुवैले जारी गरेको ‘रीडआउट’मा उल्लेख छ । पुटिनले युक्रेनमा आक्रमण गरेमा अमेरिकाले रुसमाथि कठोर प्रतिबन्ध लगाउने चेतावनी बाइडनले दिएको बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले शिखरवार्ता सकिएपछि सञ्चारकर्मीहरूलाई जानकारी दिए ।  सन् २०१४ मा रुसले युक्रेनमा आक्रमण गरेर क्राइमिया हात पारेको बेलामा अमेरिकाले रुस...