गुल्मीको रेसुङ्गामा कांग्रेसका पन्थी विजयी

बुटवल- गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्। कांग्रेसका जिल्ला सभापति समेत रहेका पन्थीले एमाले उम्मेद्वार राजेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । रेसुङगाका १४ वडा मध्ये १० वडामा पनि काँग्रेस विजयी भएको छ । ४ वटामा एमालेले जितेको छ । निर्वाचनको आधिकारिक मत परिणाम घोषणा हुन बाँकी छ। यसअघि रेसुंगामा एमालेले जितेको थियो।