राष्ट्रिय ललितकला प्रदर्शनीमा ६ सय ९ कलाकारका ६ सय ९५ कलाकृति : अवलोकनकर्ता दैनिक १ हजार

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० जारी छ। मंगलबार प्रदर्शनीको अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कला र संस्कृतिको जर्गेनामा राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिँदै प्रदर्शनीमा देशको संस्कृति, प्रकृति, जनजीवन, देशप्रेमलगायत विभेद र समानताको विषयसमेत कलात्मक ढंगले आएको बनाइन्। प्रदर्शनीमा दैनिक एक हजारदेखि १२ सय जनाले […]

सम्बन्धित सामग्री

विवादपछि प्रदर्शनीबाट हटाइयो कलाकृति

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा राखिएको यादवचन्द्र भुर्तेलको ‘पोट्रेट’ कलाकृति विवादमा परेको छ । प्रदर्शनीमा राखिएको चित्रकलामा विवाद आएपछि प्रदर्शनीबाट सो कृति हटाइएको छ । कलाकार भुर्तेलको तामाङ पोसाक र गहना लगाएको महिलाको ‘पोट्रेट’ पेन्टिङ आफ्नो तस्बिरको हुबहु प्रतिलिपि उतारिएको भन्दै फोटोपत्रकार नवीनबाबु गुरुङले दाबी गर्नुभएको छ । फोटोपत्रकार गुरुङले सो सम्बन्धमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानलाई पत्र लेखेर सो सम्बन्धमा जानकारीसमेत गराइसक्नुभएको छ ।

राष्ट्रिय कला प्रदर्शनी सुरु, गोरखापत्रका पत्रकार पुरस्कृत

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मङ्लबारबाट सुरु भएको छ । प्रज्ञा–प्रतिष्ठानको नक्सालस्थित ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ४८२ कलाकारका चित्रकला, मूर्ति, हस्तकलालगायत ५२२ कलाकृति राखिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रदर्शनी उद्घाटन गर्नुभएको हो । मन्त्री तामाङले यस वर्षको अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई प्रदान गर्नुभयो । पुरस्कारको राशि एक लाख ५० हजार रुपियाँ रहेको छ । यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनीमा ५२२ कलाकृति समावेश

गणतन्त्र दिवसका अवसरमा भोलिदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१’ मा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएका छन् ।

जब कोठामा बन्द मानिसको दिमाग बाहिर उड्न खोज्छ…

काठमाडौं : नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाहलमा अहिले विभिन्न कलाकृति प्रदर्शनीमा राखिएका छन्। ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ अन्तर्गत कयौं कलाकारका कलाकृति यहाँ देख्न पाइन्छ। आइतवार सोही परिसरमा एकाएक एक नकाबधारी व्यक्ति कुर्सी लिएर आए। अनुहार छोपेर आएका उनी कुर्सीमाथि चढे र कागजका जहाज उडाउन थाले। ती व्यक्ति थिए पृथ्वी श्रेष्ठ। 'पर्फर्मेन्सट…

‘राष्ट्रिय ललितकला प्रदर्शन २०७९’वैशाख २ गते सुरु हुने

काठमाडौँ – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’आगामी वैशाख २ गते सुरु हुने भएको छ । प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले मंगलबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीका लागि ३६५ कलाकारका ४२६ कलाकृति दर्ता भएकामा ३४१ कलाकारका […]

प्रतिस्थापन कला ‘डुङ्गा चिया घर’

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा यति बेला राष्ट्रिय ललितकला प्रदर्शनी २०८० चलिरहेको छ । सातै प्रदेशका कलाकृति प्रदर्शनीमा छन् । समसामयिक कला, हस्तकला, लोक कला, प्रतिस्थापन कला, थाङ्का तथा पौभा कलालगायत विभिन्न किसिमका ६९५ कलाकृति राखिएको छ । यसैबिच कलाकार रवीन्द्र श्रेष्ठलाई विगत झैँ यस पटक पनि केही नयाँ ढङ्गको केही नयाँ कुरा गरुँ भनेर जोस चल्यो ।

गणतन्त्र दिवसमा राष्ट्रिय ललितकला प्रदर्शनी हुने

ललितकला प्रज्ञा–प्रतिष्ठानले जेठ १५ देखि ३० सम्म ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिका अनुसार गर्न लागेको प्रदर्शनीमा ६१० कलाकारका ६९७ कलाकृति राखिने छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट छनोट गरिएको हो । जस अन्तर्गत आधुनिक चित्रकला विधामा २३६ कलाकारका २७२ कलाकृति, परम्परागत चित्रकला विधामा १३० कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ कलाकारका ४६ कलाकृति र परम्परागत मूर्तिकला विधामा ३१ कलाकारका ३९ कलाकृति रहने छन् ।