काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ।महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी वायुको सामान्य प्रभावका कारण शुक्रवार बिहान देशका उच्च पहाडी भू-भागहरुमा मौसम बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो देशका अधिकांश स्थानमा घाम लाग्ने मौसमविद् प्रधानाङ्गले बताए। तर‚ प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने ह