काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १ सय ४० सामुदायिक विद्यालय छनोट गरेको छ। निर्देशक समितिको चैत ८ गते बसेको बैठकले छनोट गरेको सामुदायिक विद्यालयमा काठमाडौंदेखि विकट ठाउँका हुम्ला, जुम्ला, बाजुरा, अछामलगायत जिल्लाका विद्यालय परेका छन्। स्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड रूपैयाँ विनियोजन भएको छ।यो बजेट यी छनोट भएका जिल्लामा १० लाखका दरले उपलब्ध गराइनेछ।