स्थानीय तह निर्वाचन मिति घोषणाको माग गर्दै युवा संघको विरोध, कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं, माघ २३ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघ नेपालले आइतबार पनि विरोध प्रर्दशन गरेको छ । मूल्य वृद्धि फिर्ता र स्थानीय तहको मिति घोषणाको माग गर्दै आएको युवा संघले आइतबार सिंहदरबार छेउमा कालो बेलुन उडाएर विरोध गर्यो । संविधान विपरित स्थानीय तहलाई रिक्त […]

सम्बन्धित सामग्री

पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन

काठमाडौं । ‘काठमाडौंलगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही मतदान केन्दमा अस्तव्यस्त र भद्रगोल व्यवस्थापन भएको पाइयो,’ पर्यवेक्षणका लागि जिम्मेवारी पाएको एक संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधिले मतदानस्थलमा देखेको दृश्य हो, यो । ‘विगतका निर्वाचनजस्तै यस निर्वाचनमा पनि अपांगता भएका मतदाताले केही स्थानमा मतदान गर्न कठिनाइ भोग्नुपर्‍यो । बाँकेको राँझास्थित आदर्श माविमा अपांगता भएका मतदातालाई ह्िवलचेयर लैजानबाट वञ्चित गरेको पाइयो,’ इन्सेकले शुक्रवार भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ का क्रममा पर्यवेक्षणपछि सोही साँझ निर्वाचन आयोगलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो निर्वाचनका लागि मतदाता परिचयपत्र लिएका मतदाताको क्रम संख्या फरक हुँदा नाम खोज्न समय लागेको र यसले मतदान प्रक्रियामा ढिलासुस्ती भएको पाइयो । कतिपय मतदान केन्द्रमा मतदाता परिचय भए पनि मतदाता नामावली नाम नभएको पाइयो भने कतिपय स्थानमा मतदाता परिचयपत्र एउटा केन्द्रमा पुगेको र नाम अर्कै मतदान केन्द्रमा भएको पनि पाइयो ।’ आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त इन्सेकका २३४ जना पर्यवेक्षकले प्राप्त गरी ७५ जिल्लाका २५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेका थिए । इन्सेकका पर्यवेक्षकहरूबाट प्राप्त भएको जानकारीअनुसार शुक्रवारको निर्वाचनमा छिटपुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लंघनका घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यो निर्वाचनले स्थानीय सरकारको निरन्तरताको सुनिश्चितता गरेको र आवधिक निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित र शान्तिपूर्ण हुनुपर्छ भन्ने मान्यतालाई सार्थक बनाएको उक्त संस्थाको बुझाइ छ । यो निर्वाचनमा देखिएको जनताको उत्साह, युवा पुस्ताको व्यापक र दरिलो सहभागिता, महिला तथा दलितको व्यापक प्रतिनिधित्व हुन पाउने अवस्थाले लोकतन्त्रको आधारस्तम्भलाई बलियो बनाउने नै छ । नयाँ संविधानद्वारा प्रदत्त अधिकारलाई जनताको घरदैलोमा पुर्‍याउन यो निर्वाचनले खेल्ने भूमिका महत्त्वपूर्ण हुने इन्सेकले जानकारी दिएको छ । प्रतिवेदनमा मतदान प्रक्रियाबारे मतदाता अलमलमा परेको र मतदान केन्द्रमा महिला र पुरुष मतदाताका लाइन अलगअलग गरिएको थियो भने ज्येष्ठ नागरिक, गर्भवती, अपांगता भएका र बिरामी मतदातालाई सहजरूपमा मतदान गर्ने व्यवस्था मिलाइएको उल्लेख छ । निर्वाचनका क्रममा महोत्तरीको बलवा नगरपालिकाको एक मतदानस्थलमा गोली चल्यो । मतदानका क्रममा बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउन्ड गोली प्रहार गरेको हो । काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ को कात्तिके देउरालीको प्रभा माविमा रहेको मतदान केन्द्रमा १० बजेतिर ब्याकअपका लागि राखिएका मतपेटिका तोडफोड भएपछि मतदान प्रक्रिया अवरुद्ध भएको छ । पर्यवेक्षकहरूलाई मतदान केन्द्रको प्रवेशमा कुनै अवरोध नभए पनि मतदानस्थलको अवलोकनमा भने सहजता महसूस नभएको, मतदान केन्द्रमा कर्मचारी र प्रहरीको व्यवहार मतदाता र पर्यवेक्षकहरूमाथि सम्मानजनक भएको पाइएको प्रतिवेदनमा जनाइएको छ । ‘निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकार, राजनीतिक दल र निर्वाचन आयोगले कुनै कसर बाँकी नरहेको बताइरहँदा आचारसंहिताको व्यापक उल्लंघन, एकअर्काप्रति आरोप–प्रत्यारोप तथा झडपका घटना अभिलेखित भए । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन सकेमा मात्रै निर्वाचनको महत्व बढ्छ,’ प्रतिवेदनको निचोडमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमी कमजोरी सच्याउन तथा उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्त्व अझ बढ्ने देखिन्छ । यसै वर्ष हुने प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व बोकेको निर्वाचन आयोगले यो र यसअघि सम्पन्न निर्वाचनबाट पाठ सिकेर कार्ययोजना बनाउनु श्रेयस्कर हो ।’ आचारसंहिता उल्लंघनउपर परेका उजुरीमा कारबाही भएको भरपर्दो सूचना थाहा नपाएका कारण आयोगले गर्ने कारबाही प्रक्रियाप्रति विश्वस्त हुन नसकेको र त्यस कारण पनि निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कमी नआएको जनाइएको छ । ‘भड्किलो प्रचारप्रसार, मौन अवधिमा भएका पैसाका चलखेल, भोजभतेर जस्ता कार्यहरू गरी मतदातालाई प्रभाव पार्ने कार्य भयो । यसले निर्वाचन महंगो हुँदै गएको र जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता राजनीतिक दलहरूमा विकास भएको आभास मिल्यो । निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमीकमजोरी सच्याउन तथा उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्त्व बढ्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । निर्वाचन पर्यवेक्षणका लागि ६८ संस्थाका करीब ५ हजार प्रतिनिधिले अनुमति पाएका छन् । रासस

काँग्रेसका युवा नेता गुरुराज घिमिरे राजनीतिबाट विदा हुने मुडमा

नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट विदा दिने संकेत देखाएका छन् । पार्टीभित्र चरम गुटबन्दी भएको भन्दै मंगलबार विहान सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट विदा दिने मुडमा पुगेको संकेत देखाएका हुन् ।नेविसंघका पूर्व अध्यक्ष तथा पार्टीका पूर्व केन्द्रीय सदस्य घिमिरेले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि सक्रिय राजनीतिबाट विदा हुने निर्णय लिने बताए । स्थानीय तह निर्वाचनका लागि पार्टीले उम्मेदवार छनोट गर्दा पहुँचका, शक्ति र व्यक्तिगत स्वार्थका आधारमा टिकट वितरण भएको घिमिरेको

स्थानीय तह निर्वाचन : अछाममा एमालेको उम्मेद्वारी सिफारिस

आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेदवारी सिफारिसको प्रक्रिया चलिरहेको छ । जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेदवार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् । जिल्लाका केही पालिकाबाट एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेदवार छनोट गरेर जिल्लामा पठाएको छ ।एमालेले ढकारी गाउँपालिकाबाट सर्वसम्मत रूपमा अध्यक्ष र उपाध्यक्षमा पुराना नेता धर्मबहादुर शाही र युवा नेतृ जिल्ला सदस्य मायादेवी बुढालाई उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेको छ ।कम

कांग्रेसको केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा थप सदस्यहरू मनोनित

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिले केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा थप सदस्यहरु मनोनित गरेको छ ।

युवा नेता भीम गौतम कांग्रेसको युवा प्रचार–प्रसार उपसमितिमा मनोनित

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसले स्थानीय तहको चुनाव प्रचार प्रसारका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले विभिन्न उपसमितिहरु गठन गरेको हो । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराइको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क […]

कांग्रेसको युवा प्रचार–प्रसार उपसमितिमा सिन्धपाल्चोकका युवा नेता ई.राकेश श्रेष्ठ

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसले स्थानीय तहको चुनाव प्रचार प्रसारका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले विभिन्न उपसमितिहरु गठन गरेको हो । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराइको संयेजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क […]

काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन

नेपाली काँग्रेसले ‘नेपाली काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गठन गरेको छ ।काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको मंगलबार बसेको बैठकको निर्णय अनुसार समितिका संयोजक डा. प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा  ‘नेपाली काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गठन गरेका हुन् । उपसमितिमा  १९६ जना सदस्य मनोनित गरिएको छ ।

स्थानीय तह निर्वाचन : बेथानचोकमा भगवानको चर्चा

बेथानचोक, काभ्रे । जिल्लामा नेपाली कांग्रेसको पकड क्षेत्र मानिएको बेथानचोक गाउँपालिकाको नेतृत्व लिन कांग्रेसका युवा नेता भगवान अधिकारी अघि बढेका छन् । प्राकृतिक स्रोत साधानले भरिपूर्ण अत्यन्त सुन्दर गाउँपालिकाको रुपमा परिचित बेथानचोकलाई आगामी पाँच वर्ष भित्र समग्र विकास गरी देश विदेशमा परिचित गराउने योजनाका साथ अघि बढेका भगवान यो क्षेत्रको लोकप्रिय नेता हुन । समाज […]

स्थानीय तह निर्वाचन जिताउन तरुण युवाको भूमिका महत्वपूर्ण : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल तरुण दल भानु नगर समितिले आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए। नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्ने भन्दै उनले…

स्थानीय तह निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्दै एमालेद्वारा देशैभर प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रेको छ । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नमा ढिलाइ गरिरहेको आरोप लगाउँदै युवा संघ र अनेरास्ववियुले देशैभर प्रदर्शन गरिरहेको छ । युवा संघका स्थायी कमिटी सदस्य निवेश यादवका अनुसार […] The post स्थानीय तह निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्दै एमालेद्वारा देशैभर प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.