हिलटेकद्वारा अत्याधुनिक प्रविधिमा आधारित कोर–फिट पाइप उत्पादन सुरु

हिलटेक कम्पनीले जर्मनी प्रविधिमा आधारित दुई तह भएको कोर–फिट पाईपको उत्पादन सुरु गरेको छ । हाल शहरी क्षेत्रमा पाइपलाइन बिछ्याउनका लागि गरिने कार्यका कारण सडक वरिपरिका पसल, पैदलयात्रु तथा सर्वसाधारणलाई लामो समयसम्म सडक अवरोधका कारण भोग्नु परेको पीडालाई मध्यनजर गरी कम्पनीले हेटौडा औद्योगिक क्षेत्रमा अवस्थित कारखानाबाट सफ...

सम्बन्धित सामग्री

‘डीडब्लूसी’ पाइप उत्पादन सुरु

विभिन्न निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइपको उत्पादन सुरु गरेको छ । भारत, चीन लगायतका विश्वका विभिन्न देशहरूमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्तर्गतको मनमैजु इण्डष्ट्रिजले अत्याधुनिक प्रविधिसहितको मेशिनरी आयात गरी नेपालमा उत्पादन सुरु गरेको […]

हुलास स्टिलको ट्युब मिल सञ्चालनमा

काठमाडौं (अस) । नेपालमै पहिलो पटक प्रतिष्ठित व्यावसायिक घराना दिवाकर गोल्छा कर्पअन्तर्गतको हुलास स्टिल इन्डस्ट्रिजले अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्चसम्मको ट्युब मिल सञ्चालनमा ल्याएको छ । कम्पनीले हट डिप गाल्भानाइजिङ सन् १९८६ मा र ८ इन्च ट्युब मिल सन् १९९९ मा सुरु गरेको थियो । हुलास स्टिल नेपालमा यी दुवै वस्तुको उत्पादन सुरु गर्ने पहिलो कम्पनी हो । गाल्भानाइज्ड पाइपका हिप्को ब्रान्डका  ब्ल्याक पाइप उत्पादन गर्दै आएको उद्योग नेपालमा बिजुली तथा टेलिफोनका पोल उत्पादन गर्ने पहिलो कम्पनीसमेत हो । विद्युत् प्राधिकरण, नेपाल टेलिकमका साथै देशका विभिन्न गाउँपालिका, नगरपालिका र भारत तथा भुटानका सरकारी निकायद्वारा सञ्चालित विभिन्न परियोजनामा समेत उत्पादित पोल आपूर्ति हुँदै आएको कम्पनीले बताएको छ । कम्पनीले ७ देखि १३ मिटरसम्म लम्बाइका र आईएस १७१३–१९८० बाट गुणस्तर प्रमाणित कालो तथा गाल्भानाइज्ड स्टिल टुलबार पोल उत्पादन गर्दै आएको छ ।