पछिल्लो २४ घण्टामा १०० भन्दा कममा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमितको संख्या १०० भन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यसअघि शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।  मन्त्रालयका पछिल्लो २४ घण्टामा जम्मा ४ हजार ९२९ जनामा परीक्षण भएको थियो ।  यस्तै पछिल्लो २४ घण्टामा ५३८ जना निको हुँदा २ जनाको भने मृत्यु भएको छ । यससँगै देशभर हाल ६ हजार ४६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित सामग्री

२४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।

२४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८८२ जनामा गरिएको नमूना परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिले देशभर १८३० जना सक्रिय संक्रमित रहेका छन् ।

थप ११० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनामा गरिएको नमुना परीक्षणमध्ये ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार सोही समयमा एक जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १२६ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२९४ जनामा गरिएको नमूना परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने १३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर २४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३४५० जनामा गरिएको नमूना परीक्षणमा १४२ जनामा संज्ञक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा कुनै संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार २४ घण्टमा २३० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २५२८ जना सक्रिय संक्रमित रहेका छन् ।

थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ जनामा गरिएको परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका ५ हजार ४३५ जना संक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सोही समयावधिमा ८१९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसबेला देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा ३६६६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

२४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडोँ । पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म्को कूल मृतकको संख्या ११६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार […]

२४ घण्टामा १८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९७९ जनामा गरिएको परीक्षणमा १८९७ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २४ घण्टामा २० जनाको संक्रमणबाट मृत्यु भएको छ भने १७ सय ४३ जना निको भएर फर्किएका छन् । मन्त्रालयका अनुसार देशभर ३०९७३ जना सक्रिय संक्रमित रहेका छन् ।