न्युयोर्क सहरमा सन् २०२६ को पहिलो हिमपात सुरु भएसँगै जनजीवन प्रभावित हुने देखिएपछि स्थानीय प्रशासनले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार हिउँ पर्ने र अत्यधिक चिसो हुने अवस्थालाई मध्यनजर गर्दै ‘कोड ब्लु’ घोषणा गरिएको हो। न्युयोर्क सिटी आपतकालीन व्यवस्थापन विभागले यात्रा सम्बन्धी सचेतता समेत जारी गरेको छ। राष्ट्रिय मौसम सेवाको पूर्वानुमान अनुसार नै सहरका […]
चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय सकिँदा पुँजीगत बजेट खर्च पाँच वर्षयताकै न्यून स्तरमा पुगेको छ। पुससम्म वार्षिक बजेटको जम्मा १२.२७ प्रतिशत मात्रै खर्च भएको छ। चालु आवको पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार पुससम्म ४९ अर्ब ४२ करोड रुपैयाँ मात्र खर्च भएको छ। यो […]
नेपाल राष्ट्र बैंकले अनिवार्य कर्जा प्रवाह र ब्याज अनुदानमार्फत प्रोत्साहन गरेका क्षेत्रमै बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) उच्च देखिएको छ। आर्थिक गतिविधिमा आएको शिथिलताका कारण कर्जा असुली कमजोर बन्दा निष्क्रिय कर्जा उल्लेख्य रूपमा बढेको हो। राष्ट्र बैंकबाट प्राप्त क्षेत्रगत कर्जा प्रवाहको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी निष्क्रिय कर्जा माछापालन क्षेत्रमा देखिएको छ। २०८२ […]
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन्। डा. काफ्लेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा औपचारिक रूपमा राजीनामा बुझाएको मन्त्रालयले पुष्टि गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक काफ्लेले राजीनामा पेश गरेको जानकारी दिएका हुन्। उनका अनुसार हाल राजीनामाको विषयमा मन्त्रालयभित्र छलफल भइरहेको छ। “आवश्यक निर्णयका […]
काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्। उनले भने‚ “मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुन्छ तर जित उसैको हुन्छ। म सत्यको बाटो हिँडिरहेको छु। यसबाट विचलित हुन्न।” कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताए। पार्टीको कठिन अवस्थामा […]
काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव योगेश भट्टराई र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई टिकट नदिने निर्णय गरेको छ। अघिल्लो निर्वाचनमा निर्वाचित दुवै नेताको स्थानमा क्षितिज थेवे र अशोक ब्याञ्जु श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। पार्टीले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार तय गरिसकेको छ भने केही क्षेत्रको निर्णय बाँकी राखिएको छ। शनिबारको निर्णयलाई आंशिक सच्याउँदै […]